सपोर्ट माइक्रोफाइनान्सको आईपिओ सूचीकृत

Feb 08, 2018 Merolgani



नेपाल स्टक एक्सचेञ्जमा सपोर्ट माईक्रोफाइनान्स (SMFBL) ले विहीबार सेयर सूचीकृत गराएको छ । कम्पनीले आईपिओ सहित कायम भएको कुल चुक्ता पूँजी ६ करोड रुपैयाँको ६ लाख कित्ता सेयर सूचीकृत गरेको हो । 

सपोर्ट माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गरि कात्तिक २२ गते बाँडफाँड गरेको थियो ।

चालू अावकाे दाेस्राे त्रैमासिक अवधिमा कम्पनीकाे नाफा गत बर्ष १४ लाख कमाएकाेमा घटेर ६ लाख ७१ हजारमा झरेकाे छ । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।