नेप्सेमा एक करोड ५५ लाख कित्ता सेयर सूचीकृत, यी हुन् सूचीकृत गर्ने ७ कम्पनी

Jun 22, 2018 Merolagani



नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बिहीबार दुई इन्स्योरेन्स, दुई विकास बैंक, दुई लघुवित्त र एक फाइनान्सको गरि कूल एक करोड ५५ लाख चार हजार ४६७ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत भएका सेयरमध्ये एक करोड ६० लाख ६ हजार ६६७ कित्ता हकप्रद र ३ लाख ९७ हजार ८०० कित्ता बोनस सेयर रहेको छ । 

नेरुडे लघुवित्तको मात्र बोनस रहेको छ । बाँकी कम्पनीहरु फस्ट माइक्रोफाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, एशियन लाइफ, नेको इन्स्योरेन्स, र सेन्ट्रल फाइनान्स कम्पनी रहेका छन् । नेरुडे लघुवित्तले चुक्ता पूँजीको १३ प्रतिशत बोनस वितरण गरेको थियो । 

त्यसैगरि नेको इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गरेका थिए । सोही सेयर बिहीबार सूचीकरण गराएका हुन् । सिन्धुले भने हकप्रदमा अवितरित सेयर दोस्रो चरणमा सूचीकृत गराएको हो ।

कामना सेवाले चुक्ता पूँजीको १५ प्रतिशत र सिन्धु विकास बैंकले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद जारी गरेको थियो ।

कुन कम्पनीले कति गरे सूचीकृत तालिकामा हेर्नुहोस् :-




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।