नबिल इन्भेष्टमेन्टका दुवै म्युचुअल फण्डको प्रतिइकाइ खुद सम्पत्तिको मूल्यमा गिरावट

Feb 22, 2018 Merolagani

नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा संचालनमा रहेका नबिल ब्यालेन्स फण्ड–१ र नबिल इक्विटी फण्ड दुवैको सामूहिक लगानी कोषको पुसको तुलनामा माघ महिनामा प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा गिरावट आएको छ । साथै सेयरबजारमा आएको गिरावटसँगै दुवै फण्डको सेयरबजारको लगानी समेत घटेको छ ।

माघ महिनामा नबिल ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ३३ पैसा तथा नबिल इक्विटी फन्डको ३० पैसाले घटेको छ ।

नबिल ब्यालेन्स फण्ड–१
नबिल म्युचुअल अन्तर्गत सञ्चालित  नबिल ब्यालेन्स फण्ड–१ ले माघमा ६१ वटा कम्पनीकाे ७ लाख ७२ हजार ३०४ वटा धिताेपत्रमा ४६ करोड १ लाख १८ हजार ६५९ रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना सूचीकृत सेयरमा ५५ करोड ४५ लाख १३ हजार ८५८ रुपैयाँ लगानी गरेको थियो । फण्डले उक्त रकम विभिन्न कम्पनीहरुको शेयर, ऋणपत्र र मुद्धती निक्षेपमा गरी साे लगानी गरेको जनाएको छ ।

ब्यालेन्स फण्डको माघ मसान्तमा प्रति इकाई खुद मूल्य १८ दशमलव शून्य ३ रहको छ । जून पुस महिनाको तुलनामा ३३ पैसाले कम हो । पुस मसान्तमा १८ रुपैयाँ ३६ पैसा थियो ।

माघ मसान्तमा खुद सम्पति १ अर्ब ३५ करोड रहेको छ । ब्याज आम्दानी १ करोड ८३ लाख, लाभांश आम्दानी ५९ लाख ९९ हजार रहेको छ ।

नबिल इक्विटी फन्ड

त्यस्तै नबिल इक्विटी फन्डले पनि शेयर बजारको लगानी घटाएको छ । पुस महिना ८ लाख ५१ हजार ८३३ वटा धिताेपत्रमा ६२ करोड ७७ लाख १८ हजार ४४३ रुपैयाँ बराबरको सेयर होल्ड गरेको कम्पनीसँग माघ महिनामा ५९ करोड ६५ लाख १४ हजार ७०७ रुपैयाँ बराबरको मात्र सेयर रहेको छ ।

फन्डको प्रतिइकाई खुद मूल्य पुसको तुलनामा ३० पैसाले घटेको छ । यो फन्डको माघ मसान्तमा प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ८ पैसा रहेको छ । फन्डले कुल ४९ वटा कम्पनीको  सेयरमा लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।