काबेली र आइसिएफसिले गरे बोनस वितरण, तपाईले पाउनुभयो ?

Mar 05, 2018 Merolagani

काबेली विकास बैंकले आर्थिक बर्ष २०७२/७३ मा वितरण गरेको २० प्रतिशत र आइ.सि.एफ.सि फार्इनान्स कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा वितरण गरेको १० प्रतिशत बोनस सेयर वितरण गरेको जनाएका छन् । दुबै कम्पनीले सोमबार सूचना प्रकाशित सो जानकारी दिएका हुन् ।

काबेली विकास बैंक (KEBL) को २०७४ बैशाख २७ गते सम्पन्न नवौं बार्षिक साधारण सभाले २० प्रतिशत बोनस पारित गरेको थियो । सोही बोनस सेयर साधारण सभाका लागि बुक क्लोज गरेको मिति बैशाख १३ गतेसम्म आफ्नो सेयर डिम्याट गरिसकेका सेयरधनीलाई फागुन १४ गते डिम्याट खातामा नै वितरण गरेको जनाएको छ।

बुक क्लोज भन्दा पछाडि डिम्याट गरेका सेयरधनीलाई क्रमश वितरण गर्दे जाने र हालसम्म पनि भौतिक रुपमा सेयर रहेका सेयरधनीले बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल वा कुनैपनि निक्षेप सदस्यकहाँ डिम्याट खाता खोली सेयर अभौतिकिकरण गराए पश्चनात मात्र बोनस वितरण हुने बैंकले जनाएको छ।

उता आइ.सि.एफ.सि फाइनान्स (ICFC)  गत असोज ३१ गते सम्पन्न १४ औ बार्षिक साधारण सभाले पारित गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर फागुन १३ गते सेयरधनीकाे हितग्राही खातामा जम्मा गरेको जनाएको छ । फाइनान्सले साधारण सभाका लागि सेयरधनी किताब बन्द गरेको दिन (असाेज २५) सम्म डिम्याट गरेका सेयरधनीलाई बोनस वितरण गरेको जनाएको हो ।

कम्पनीले ११.०५ प्रतिशत नगदलाई समायोजन गरि पूर्ण अंकमा बोनस सेयर वितरण गरेको जनाएकाे छ । तर केही सेयरधनीकाे बोनस समायोजनका लागि रकम अपुग  भएकाले भने बुझाउनुपर्ने कम्पनीले जनाएको छ । यसरी बुझाउनुपर्ने अपुग रकम सेयरधनीले फाइनान्समा रहेको आईसीएफसी बोनस एडजस्डमेन्ट ७३/७४ नाममा रहेको खाता नम्बर ९२६४०१३९०१०११ मा रकम दाखिला गरेपश्चात मात्र बोनस जम्मा हुने जनाइएको छ ।

साथै फाइनान्सले साधारण सभाबाट पारित गरेको ११.०५ प्रतिशत नगद लाभांश साझै बैंक खातामा प्रदान गरिरहेको हुँदा आफ्नो डिम्याट खाता रहेको स्थानमा गइ बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

बुक क्लोज भन्दा पछाडि डिम्याट गरेका सेयरधनीलाई क्रमश बोनस वितरण हुने र हालसम्म पनि भौतिक रुपमा सेयर रहेका सेयरधनीले बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल वा कुनैपनि निक्षेप सदस्यकहाँ डिम्याट खाता खोली सेयर अभौतिकिकरण गराएपश्चनात मात्र बोनस वितरण हुने फाइनान्सकाे भनाइ छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।