मितेरीको बोनस सेयरधनीको हितग्राही खातामा

May 25, 2018 Merolagani

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जनाएको भएको छ । साधारण सभाका लागि सेयरधनी किताब बन्द गरेको मितिसम्म डिम्याट गरेका सेयरधनीलाई उनीहरुकै हितग्राहि खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकको बाह्रौं वार्षिक साधारणसभा प्रयोजनको लागि बुक क्लोजको मिति पुस ३ गतेपश्चात आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका सेयरधनीले भने बैंकको बोनस पाउन सेयर रजिष्ट्रार प्रभु क्यापिटल, कमलादीमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शेयरधनीहरुको निवेदन लिई हितग्राही खातामा बोनश शेयर जम्मा गरिने ब्यवस्था गरिएको बैंकले जनाएको छ । यसका लागि हालसम्म सेयर डिम्याट नगरेका शेयरधनीलाई आफुसँग भएको कागजी सेयर अभौतिकीकरण गरेर प्रभु क्यापिटलमा निवेदन दिई हितग्राही खातामा नै बोनस प्राप्त गर्न सक्नेछन् ।

गत पुस २२ गते सम्पन्न बैंकको १२ औं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३१.४८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

पुस ३ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको धितो फुकुवाको स्वीकृती पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा गरिने बैंकले जनाएको छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको मितेरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड २८ लाख खुद नाफा आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।