नेप्सेको गिरावटप्रति चासो व्यक्त गर्दे पूर्वअर्थमन्त्री महतले भने: भाषण भन्दा विस्वासको वातावरण आवश्यक

Mar 06, 2018 merolagani

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले बाम गठबन्धनको सरकारले लिएको आर्थिक समृद्धि र दुई अंकको आर्थिक बृद्धिदरको नारालाई निरन्तर ओरालो लागेको नेप्से परिसूचकले व्यंग्य गरेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दे पूर्व अर्थमन्त्री महतले चुनाव परिणामपछि नेप्से परिसूचक २४० अंकले घटेको उल्लेख गरेका छन् । 

लगानी प्रवद्र्धनको लागि भाषण भन्दा विश्वासको वातावरण बढाउन ठोस कार्य र मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको महतको भनाई छ ।

पछिल्ला सातामा सेयरबजारमा उच्च गिरावट देखिएको छ । गएको दुई दिनमा मात्रै नेप्से सूचक करिब ५९ अंकले घटेको छ भने समग्र बजार पूँजीकरण ६७ अर्बले घटेको छ ।

सेयर बजारको तिब्र गिरवाटले लगानीकर्ताको मनोबल खस्किएको छ । तर सरकार र धितोपत्र बजारका नियमनकारी निकायहरु भने मौन रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।