मुक्तिनाथ बैंकको सिइओमा प्रद्युमन पोखरेल नियुक्त्त

Mar 19, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितीको १८९ औं बैठकले आगामी जेठ १ गतेदेखि लागू हुनेगरि पोखरेललाई ४ वर्ष अवधिका लागि सिइओ नियुक्ती गरेको हो ।

हाल बैकका कामु कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल वैशाख मसान्तमा समाप्त हुने भएकाले अनुभव र कार्यदक्षताका आधारमा पोखरेललाई नियुक्त गरेको बैकले जनाएको छ ।

पोखरेलले गत वर्षको मंसिरदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर उपाधी हाँसिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । उनले नबिल बैंकमा १९ वर्ष विभिन्न विभागमा रहि जिम्मेवारी बहन गरेका थिए ।

सन् २०१० देखि २०१६ सम्म मेगा बैंकमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत रहेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।