रिलायन्स फाइनान्सको लिलामी सेयर बाँडफाँड, ५ लाख ३५ हजार कित्ता संस्थापक बिकेन

Mar 29, 2018 Merolagani

रिलायन्स फाइनान्स (RLFL) ले चैत १ गतेदेखि चैत ८ गतेसम्म लिलामीमा ल्याएको सेयरको बोलपत्र विक्री प्रबन्धक सनराइज क्यापिटलमा बुधबार खुला गरिएको छ । फाइनान्सले लिलामीमा ल्याएको संस्थापक सेयर भने जम्मा ७ हजार कित्ता मात्र विक्री भएको विक्री प्रबन्धकले जनाएको छ ।

एक लाख १० हजार ६२६ कित्ता साधारण सेयरको प्रारिम्भिक कटअफ मूल्य १०६ रुपैयाँ ११ पैसा कायम भएको सनराइज क्यापिटलले जनाएको छ । साधारण सेयरका लागि कूल २७० जना आवेदकले शिलबन्दी बोलपत्र पेश गरेका थिए । 

रिलायन्सले लिलामीमा ल्याएको ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक समूहको सेयरको कटअफ मूलय १०० रुपैयाँ नै कायम भएको छ । संस्थापक सेयरका लागि जम्मा चार जनाले ७ हजार कित्ता सेयरका लागि आवेदन गरेका थिए । आवेदन गरेका सबैले सेयर मागेजति सेयर प्राप्त गरेका छन् ।

यसै पटक फाइनान्सले सर्वसाधारणले पनि आवेदन गर्न पाउनेगरी लिलामीमा ल्याएपनि निकै कम मात्र संस्थापक सेयरमा आवेदन प्राप्त भएपछि फेरी लिलामीमा आउने भएको छ ।

रिलायन्सले मंसिर २२ देखि माघ १२ गतेसम्म चुक्ता पूँजीको ४५ प्रतिशत बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्काशन गरेको थियो । सो समयमा अवितरित सेयर लिलामी गरेको थियो । हकप्रदपछि फाइनान्सको चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बिहीबार कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता १२५ रूपैयाँ रहेकाे छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।