हाथवे,सिटी एक्सप्रेस र जानकी फाइनान्स विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध

Apr 01, 2018 Merolagani

बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणालीमा आवद्ध गराउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाथवे फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्ससँग समेत सम्झौता गरेको छ ।

सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र हाथवे फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे, सिटी एक्सप्रेस फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राजचालिसे र जानकी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि (NCHL-ECC) प्रणाली उपलब्ध गराउने छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणाली सञ्चालनमा रहने बैंक तथा वित्तीय संस्थाको संख्या ८२ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।