रसुवागढी र साञ्जेनको संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई १४० देखि २७० कित्तासम्म बाँडफाँड

Apr 01, 2018 Merolagani



रसुवागढी हाईड्रोपावर र साञ्जेन जलविद्युत्त कम्पनीको साधारण सेयरमा लगानी गर्ने संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्थाका कर्मचारीका लागि निष्काशन गरेको सेयर पनि आईतबार नै बाँडफाँड भएको छ । दुबै कम्पनीले चैत ५ देखि १३ गतेसम्म दोस्रो चरणमा सेयर निष्काशन गरेका थिए ।

रसुवागढी 

रसुवागढीले दोस्रो चरणमा संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि २३ लाख ९४ हजार ७३५ कित्ता निष्काशन गरेको थियो । जसमा ८ हजार ९८६ कर्मचारीले ४३ लाख ९३ हजार ७३० कित्ता सेयर माग गरेको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

रसुवागढीको सेयरमा आवेदन गरेका ८ हजार ९८६ कर्मचारीमध्ये २२ जना आवेदकको आवेदन रद्ध भएको छ । दोहोरो आवेदनका कारण ७ आवेदकको दुई हजार ९०० कित्ता तथा १५ अन्य आवेदकको सात हजार ५०० कित्ता सेयर आवेदनमा भएको त्रुटीका कारण आवेदन रद्ध भएका छन् । ८ हजार ९६४ आवेदकको ४३ लाख ८३ हजार ३३० कित्ता सेयरको आवेदन सदर भएको थियो ।

यसमा ७ हजार ७६८ जनाले २७० कित्ता सेयर प्राप्त गरेका छन् भने २६१ कित्ता सेयर प्राप्त गर्नेको संख्या ५ रहेको छ । एक हजार २५ आवेदकले २६० कित्ता सेयर पाएका छन् । ४७ जनाले २५० कित्ता, ५० जनाले २०० कित्ता, एक जनाले १८० कित्ता, १७ जनाले १५० कित्ता, २ जनाले १४० कित्ता, २ जनाले १३० कित्ता, एक जनाले १२०, एक जनाले ११०, २३ जनाले १०० कित्ता, २ जानले ६० कित्ता र १४ जनाले ५० कित्ता सेयर प्राप्त गरेका छन् ।

रसुवागढीमा २५० कित्तासम्म आवेदन गर्ने सबै संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले माग अनुसार नै सेयर पाएका छन् । २७० कित्तादेखि ५०० कित्तासम्म आवेदन गर्नेले सबैले २६० कित्ता सेयर प्राप्त गरे ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको ७७ हजार ६८५ कित्ता सेयर २७० कित्तादेखि ५०० कित्ता आवेदन गर्ने ८ हजार ७९८ जनामध्ये गोलाप्रथाबाट ७ हजार ७६८ जनालाई १० कित्ताको दरले थप बाँडफाँड गरिएको छ । त्यसबाट पनि बाँकी रहेको पाँच कित्ता सेयर यसअघि थप १० कित्ता प्राप्त नगरेका १ हजार ३० आवेदकमध्ये पाँच जनालाई गोलाप्रथाबाट एक कित्ताका दरले वितरण गरिएको छ ।

यसमा न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था थियो ।

साञ्जेन
साञ्जेनको संस्थापक संस्थाका कर्मचारीका लागि १२ लाख ७७ हजार ५ सय कित्ता निष्काशन गरेकोमा ८ हजार ९७७ कर्मचारीले २६ करोड ३७ लाख २३ हजार रुपैयाँ बराबरको २६ लाख ३७ हजार २३० कित्ता सेयर माग गरेका कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुमध्ये १४० कित्तासम्म सेयर माग गर्ने सबैले माग अनुसार नै सेयर प्राप्त गरेका छन् । १५० देखि ३०० कित्तासम्म सेयर माग गर्ने ८ हजार ८७३ आवेदकलाई पनि १४० कित्ताकै दरले सेयर बाँडफाँड गरिएको छ । यसबाट बाँकी रहेको २७ हजार ४६० कित्ता सेयर १५० देखि ३०० कित्तासम्म सेयर माग गर्ने ८ हजार ८७३ आवेदकमध्ये गोलप्रथाबाट २ हजार ७४६ जना आवेदकलाई थप १० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

 

यसअनुसार संस्थापक संस्थाका कर्मचारीमध्ये २ हजार ७४६ जनाले १५० कित्ता, ६ हजार १२७ जनाले १४० कित्ता, १ जनाले १४० कित्ता, १ जनाले १३० कित्ता, १ जनाले १२०, २ जनाले ११०, ६१ जनाले १०० कित्ता, १ जानले ८० कित्ता र १ जनाले ७०, १ जनाले ६०, १८ जनाले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

यसमा न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।