अनलाइन टेड्रिङको परीक्षण असारबाट, श्रावणदेखि पूर्ण रुपमा सञ्चालनमा आउने

Apr 13, 2018 Merolagani



नेपाल स्टक एक्सचेन्ज नेप्सका प्रमुख कार्यकारी अधिकृत चन्द् सिंह साउदले स्वचालित अनलाइन कारोबार (अनलाइन ट्रेडिङ) को परीक्षण असारबाट र श्रावणदेखि पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिएका छन् । बिहीबार धरानमा आयोजित लगानीकर्ता सचेतना कार्यक्रम साउदले उक्त जानकारी दिएका हुन् ।

सो कार्यक्रममा साउदले सम्झौता अनुसार अनलाइन कारोबार प्रणालीको जडान जेठसम्म पुरा हुने भएकाले परीक्षण असारबाट र श्रावणदेखि पूर्ण रुपमा सञ्चालन आउने बताए ।

नेप्सेले वाइको प्रालिसँगको साझेदारीमा उक्त प्रणाली निर्माण गरिरहेको छ । जम्मा १६ ओटा मोडल रहने यो प्रणालीमा हालसम्म करीब १४ ओटा प्रणाली निर्माण भइसकेको छ । यो प्रणाली कार्यान्वयनमा आउनासाथ लगानीकर्ता दोस्रो बजार कारोबारका लागि ब्रोकरसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।

यो प्रणाली आएपछि साना लगानीकर्ताहरू लाभान्वित हुने भन्दै साउदले कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्तालाई तत्काल घाटा देखिए पनि दिर्घकालीन लगानीकर्तालाई बजारमा घाटा नरहेको बताए ।

सो कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रमुख कार्यकारी देव प्रकाश गुप्ता, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना लगायतले पूजी बजारका विभन्न बिषयमा लगानीकर्तालाई जानकारी गराएका थिए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।