सेमी अनलाइनको सुरुवात गर्दे बोर्ड अध्यक्ष कार्कीले भने:- 'एक बर्षभित्रमा ७७ वटै जिल्लामा अनलाइन सेवा पु-याउँछौं'

Apr 15, 2018 MEROLAGANI

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेबत बहादुर कार्कीले एक बर्षभित्र ७७ वटै जिल्लामा अनलाइन सेवा पुर्याउने बताएका छन् । आइतबार ब्रोकर एसोसिएसनका अध्यक्षसमेत रहेका प्रियराज रेग्मीको  क्रिस्टल कञ्चनजङ्गा (ब्रोकर नम्बर ५०) बाट सेमी अनलाईन कारोबारको सुरुवात गर्दे कार्कीले साे बताएका हुन्  ।

यस सेवा कार्यान्वयनमा आएसँगै लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सेयर खरिद विक्रीको आदेश दिन सक्नेछन् ।  यस्तो खरिद आदेश मोबाइल, एसएमएस र इमेलबाटै गर्न सकिनेछ । साथै किनबेचको विवरणसमेत हेर्ने सुविधा यस प्रणालीमा रहेकाे छ ।

अहिलेसम्म टेलीफोनबाट खरिद अर्डर गर्न सकिएपनि खरिदविक्री आदेशका लागि ब्रोकर कार्यालयमा पुगेर फारम भर्नुपर्ने कानुनी व्यवस्था रहेको थियो ।

सेवाको सुरुवात गर्दे बोर्डका अध्यक्ष कार्कीले सेमी अनलाईन मार्फत पूँजी बजारमा लगानी गर्दा इन्साइडर ट्रेडिङ्ग रोक्न सहज हुने बताए । बोर्डले इन्साइडर ट्रेडिङ्ग राक्ने नियमावली बनाउने प्रकृया सुरु गरेको जानकारी दिँदै उनले सेयर कारोबार प्रकृयालाई थप सहज, पारदर्शी एवं लगानीकर्ता मैत्री बनाउन नयाँ प्रविधि अवलम्बन गरिएकाे उल्लेख गरे ।

हालसम्म इन्साइडर ट्रेडिङ्ग राेक्ने ब्यवस्था ऐनमा भएपनि नियमावली आउन बाँकी छ । बोर्डले वैकल्पिक लगानी सम्बन्धी नियमावली चाँडै ल्याउन लागेको जानकारी दिएको छ । उक्त नियमावली आएपछि गैह्र आवासिय नेपालीलाई पूँजी बजारमा भित्र्याउने, भेञ्चर कम्पनी, हाइड्रोपावर,बीमा लगायत, सम्पूर्ण सेयर बजारमा गर्ने लगानीको विषयलाई समेटिने बताइएको छ ।

प्रबिधिले लगानीकर्तालाई अनुशासित बनाउने भन्दै कार्कीले इन्टरनेट मार्फत व्यक्तिगत पहिचान विवरण (केवाइसी) फारम भर्दा लगानीका श्रोत खुल्ने भएकाले पूँजी बजारले समग्र राष्ट्रको विकासमा योगदान पुर्याउन सघाउने बताए । सेमी अनलाइनको व्यवस्थाले कारोबार अभिलेखलाई व्यवस्थित र सुदृढ बनाउन सघाउ पुर्याउने बोर्डको अपेक्षा छ।

कार्यक्रममा नेप्सेका सिइओ चन्द्रसिंह साउद, सिडिएस एण्ड क्लियरिङ्गको सिइओ देव प्रकाश गुप्ता, एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र इन्भेष्टर्स फोरमको अध्यक्ष अम्बिका प्रसाद पौडेल सहभागी थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।