कन्काइको पूँजीबृद्धि अनुसार प्रतिफल आएन, नाफा घट्यो

Apr 29, 2018 merolagani

कन्काई बिकास बैक (KNBL) ले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड १ लाख रूपैँया कमाएको छ । गत बर्षको यही समयमा बैकले ३ करोड १४ लाख कमाएको थियो । १५ करोड ५० लाखबाट यो बर्ष ५० करोड चुक्तापुँजी पु¥याएको बैंकले पूँजीबृद्धिको तुलनामा प्रतिफल दिन नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । 

गत बर्ष २७.९७ रुपैया रहेको प्रतिशेयर आम्दानी अहिले ८.०४ रुपैँयामा सिमित भएको छ ।

तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६७ करोड निक्षेप संकलन गरेर १ अर्ब ५० करोड लगानी गरेको छ भने खुद ब्याज आम्दानी पनि ९ करोड २ लाख कमाएको छ ।

समीक्षा अवधिमा बैंकको खराव कर्जा ०.४२ प्रतिशतबाट ०.८२ प्रतिशतका पुगेको छ । खराव कर्जा बढेसँगै बैकले जोखिम व्यवस्थापनका लागि १ करोड ७१ लाख राखेको छ, गत बर्ष बैकले यसका लागि २४ लाख मात्र छुट्याएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।