हाम्रो विकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

May 02, 2018 Merolagani

हाम्रो विकास बैंक (HAMRO) को ७.३० प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले बैशाख २० गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले बुधबारसम्म कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।

हाम्रो विकास बैंकले बोनस पारित गर्न बैशाख ३१ गते बिहान ११ बजे होटल सताञ्चुली, विदुरमा नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले ३ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस पारित गर्नेछ ।

साथै, बैंकले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विशेष प्रस्ताव समेत पारित गर्देछ भने कार्यक्षेत्र विस्तार तथा ३ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि साधारण सभामा राखिएको छ ।

४५ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाम्रोको बोनसपश्चात ४९ करोड २१ लाख रुपैयाँ पूँजी कायम हुनेछ । एक जिल्ले विकास बैंकले राष्ट्र बैंकको निर्देशन अनुरुप ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।