महालक्ष्मी विकास बैंकको लाभांश पारित, सञ्चालक समति अध्यक्षमा राजेश उपाध्याय पूनः निर्वाचित

May 06, 2018 Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) को बैशाख २१ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले राजेश उपाध्यायलार्इ सञ्चालक समितिको अध्यक्षमा पूनः निर्विरोध निर्वाचित गरेकाे हाे । उपाध्यायलार्इ नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

महालक्ष्मी विकास बैंकको १६ औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरि राजेश उपाध्याय, सञ्जय गिरी र राजेश कुमार रौनियार र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्याम सुन्दर रुङ्गटा र रुपेन्द्र पौडेल चयन भएका छन् ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।