महालक्ष्मी विकास बैंकको लाभांश पारित, सञ्चालक समति अध्यक्षमा राजेश उपाध्याय पूनः निर्वाचित

May 06, 2018 Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) को बैशाख २१ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले राजेश उपाध्यायलार्इ सञ्चालक समितिको अध्यक्षमा पूनः निर्विरोध निर्वाचित गरेकाे हाे । उपाध्यायलार्इ नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

महालक्ष्मी विकास बैंकको १६ औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरि राजेश उपाध्याय, सञ्जय गिरी र राजेश कुमार रौनियार र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्याम सुन्दर रुङ्गटा र रुपेन्द्र पौडेल चयन भएका छन् ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।