सनराइज क्यापिटलले सुरुवात गर्यो लगानी व्यवस्थापन सेवा

May 09, 2018 Merolagani

सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल(@SUNRISE CAPITAL@)ले सनराइज लगानी व्यवस्थापन सेवा (Sunrise Portfolio Management Services) उपलब्ध गराउने भएको छ । सनराइज क्यापिटलले लगानी व्यवस्था सेवा अन्तर्गत डिस्क्रीस्नरी, नन् डिस्क्रीस्नरी र कस्टोडियल सेवा उपलब्ध गराउने छ ।

नेपाल धितोपत्र बोर्डद्धारा आयोजित प्रथम पूँजी बजार प्रदर्शनी २०७५ को अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा सनराइज क्यापिटलका सञ्चालकहरुको उपस्थितिमा एक समारोहबीच लगानी व्यवस्थापन सेवा सुरुवात गरिएको हो । 

क्यापिटलको लगानी व्यवस्थापनको व्यवसायमा, लामो समय देखी अनुभव भएका दक्ष जनशक्तिको समुहले सेयर बजारको सूक्ष्म अध्ययन तथा विषयमा सूचीकृत कम्पनीहरुका विश्लेषण गरी लगानी मार्फत उत्तम प्रतिफल दिने योजना रहेको छ ।

ग्राहकको बचतलाई लगानी गरी उच्चतम प्रतिफलको लागि क्यापिटल सधैं तत्पर रहने जनाईएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।