दुई भन्दाबढी डिम्याट खाता हुनेको पनि रोकिन सक्छ कारोबार

May 16, 2018 Merolagani

-तीर्थराज पाैड्याल
धितोपत्र बोर्डले केवाईसी नविकरण नगराएका लगानीकर्ताको सेयर कारोबार रोक्का गराएपछि पछिल्लो केहि दिनयता सेयर बजार प्रभावित बनेको छ । बोर्डले दिएको अर्को एउटा निर्देशन पनि समयमा नै कार्यान्वयन नगर्ने लगानीकर्ताको जुनसुकै समयमा फेरी सेयर कारोबार रोक्का हुने अवस्था आउने देखिएको छ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार दुईभन्दा बढी डिम्याट खाता सञ्चालन गरिरहेका लगानीकर्ताहरुले दुईभन्दा बढी खाता भएमा त्यस्ता खाता बन्द गर्नुपर्ने हुन्छ । खाता बन्द नगर्ने लगानीकर्ताको जुनसुकै समयमा पनि कारोबार रोकिन सक्छ । 

नेपाल धितोपत्र बोर्डले गत असार ११ गते दुई भन्दा बढी खाता सञ्चालन गरेका हितग्राहीको खाता बन्द गराउन सिडिएससिलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार सिडिएससीले कात्तिक २६ गते सूचना प्रकाशित गरी त्यस समयसम्म दुई भन्दा बढी खाता प्रयोग गरिहेका हितग्राहीलाई ३५ दिनभित्र खाता बन्द गर्न भनेको थियो ।

लगानी व्यवस्थापनमा सहभागी हुने लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि दुई भन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्था बोर्डको निर्देशनमा रहेको छ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार आस्वा प्रणाली लागू भएसँगै यसको बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता र बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने व्यवस्था लागू गरिएको सिडिएससीको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले मेराेलगानीसँग बताए ।

गुप्ताले यसअनुसार अधिकांश लगानीकर्ताले सीमाभन्दा धेरै रहेको खाता बन्द गरिसकेको जानकारी दिँदै असार मसान्तसम्ममा निर्देशनको पूर्ण परिपालना भइसक्ने उनको भनाई छ ।

सिडिएससीले दुई भन्दा बढी डिम्याट खाता सञ्चालन गर्ने हितग्राहीको सम्पूर्ण खाताहरु रोक्का गर्ने चेतावनी यस अघि नै पटक पटक सार्वजनिक सूचना जारी गरेर दिइसकेको छ । 

यसअनुसार धेरै लगानीकर्ताले सीमाभन्दा बढी रहेको खाता बन्द पनि गरिसकेको छन् । तर अझैपनि दुईभन्दा बढी खाता सञ्चालन गर्नेको खाता कुनैपनि समयमा सिडिएससीले बन्द गर्नसक्छ । यसतर्फ लगानीकर्ताको ध्यान पुग्न जरुरी छ ।

बोर्डको व्यवस्था अनुसार २०७४ भदौ मसान्तसम्म खाता बन्द गर्ने लगानीकर्ताको एउटा खाताबाट अर्को खातामा गरिने हस्तान्तरण शुल्क समेत निशुल्क गरिएको थियो ।

लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न र डिम्याट खाता सञ्चालन कार्य थप व्यवस्थित तथा पारदर्शी बनाउन बोर्डले सो निर्देशन कार्यन्वयनमा ल्याएको हो । हालसम्म लगानीकर्ताले १२ लाख ४४ हजार ८१३ वटा डिम्याट खाता खोलेका छन् । यसमा कतिपय लगानीकर्ताको दुईभन्दा बढी खाता हुनसक्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।