नागरिकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति सचेत गराउँदै हरेक नागरिकलाई स्वास्थ्य बीमा गर्ने प्रोत्साहित उदेश्यले सरकारले स्वाथ्य बीमा वापत भुक्तानी गरेको प्रिमियम रकम उसले आयकर गणना गर्दा घटाउन पाउने व्यवस्था गरेको हो ।
यस्तो छुट पाउन नेपालका कुनै पनि बीमा कम्पनीसँग स्वाथ्य बीमा गरेको हुनु पर्नेछ । यसले एकतिर आम नागरिकमा स्वाथ्य बीमा गर्न प्रोत्साहित गर्नेछ भने अर्कोतिर हाल १० प्रतिशत भन्दा कम रहेको बीमाको पहुँच बढ्नेछ ।
यसले नागरिकले स्वास्थ्य बीमाको लाभ एकातिर प्राप्त गर्नेछन् भने अर्कोतिर कुल करयोग्य रकममा २० हजार रुपैयाँसम्म कट्टी गरेर कर तिर्दा पुग्ने भएपश्चात दोहोरो लाभ प्राप्त गर्ने भएका छन् ।
सरकारको यस नीतिले बीमा कम्पनीहरुको व्यवसाय विस्तारको सम्भावनालाई पनि ह्वात्तै बढाएको छ । हालै निकै थाेरै मात्रामा हुँदै आएको स्वाथ्य बीमा आम मानिसहरुको पहूँचमा पुर्याउन सकेको खण्डमा आगामी आर्थिक बर्षमा बीमा कम्पनीहरुले उल्लेख्य व्यापार विस्तार गर्नसक्ने देखिन्छ ।
हाल तीन लाख ५० हजार रूपैयाँसम्म अाय भएका नागिरकले बार्षिक तीन हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै तीन लाख ५० हजारदेखि चार लाख ५० हजारसम्म अाय गर्नेले तीन हजार ५०० र तीन लाख पचास हजार रूपैयाँमाथिकाे रकमकाे थप १० प्रतिशत अायकर तिर्नुपर्छ ।
चार लाख ४० हजार अाय गर्नेले १३ हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै चार लाख ५० हजारदेखि ६ लाख ५० हजारसम्म अाय गर्नेले १३ हजार ५०० र चार लाख पचास हजार रूपैयाँमाथिकाे रकमकाे थप २० प्रतिशत अायकर तिर्नुपर्छ ।
बार्षिक ६ लाख ५० हजारसम्म अाय गर्नेले ५३ हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्छ । ६ लाख ५० हजारदेखि २० लाखसम्म अाय गर्नेले ५३ हजार ५०० र ६ लाख ५० हजार रूपैयाँमाथिकाे रकमकाे थप ३० प्रतिशत अायकर तिर्नुपर्छ ।
बजेटले २० लाख अार्य गर्नेले ४ लाख ५८ हजार ५०० रूपैयाँ अायकर तिर्नुपर्ने व्यवस्था गरेकाे छ ।२० लाखभन्दा बढी अाय गर्नेले ४ लाख ५८ हजार ५०० रूपैयाँ र २० लाख रूपैयाँमाथिकाे रकममा थप ३६ प्रतिशत अायकर तिर्नुपर्ने व्यवस्था छ ।