लक्ष्मी इक्विटी फण्डको प्रति इकाई खुद मुल्य घट्यो, सेयरमा ६७ करोड लगानी

Jun 26, 2018 Merolagani

लक्ष्मी इक्विटी फण्डको जेठ सम्मको प्रति इकाई खुद मुल्य घटेको छ । गत महिना ९.२२ रुपैयाँ रहेको प्रति इकाई खुद मुल्य घटेर ८.७८ रुपैयाँमा झरेको छ ।

फण्डले ५४ सूचिकृत कम्पनीमा लगानी गरेको छ । कुल १२ लाख ६० हजार २३४ कित्ता सेयर गरी ६७ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । जसको सार्वजनिक निष्काशनमा १४ लाख १८ हजार रुपैयाँ लगानी गरेको छ ।

फण्डको बैंक मौज्दातमा १७ करोड ८१ लाख रुपैयाँ र बैंक मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ रहेको छ । यस फन्डमा प्राप्त हुन बाँकी रकम र अन्य सम्पत्ति गरी ४३ करोड ७७ लाख रुपैयाँ चालु सम्पत्ति रहेको छ ।

फण्डको कुल आम्दानी १२ करोड ३३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । फण्डले ६ करोड ७८ लाख रुपैयाँ प्राप्त भइ सकेको आम्दानी देखिएको छ भने १९ करोड १५ लाख रुपैयाँ र प्राप्त भइ नसकेको आम्दानी उल्लेख गरेको छ ।

फण्डको खुद सम्पत्ति समेत ५ करोड ५४ लाख रुपैयाँले घटेको छ । अघिल्लो महिना खुद सम्पत्ति १ अर्ब १५ करोड २३ लाख रुपैयाँ रहेको लक्ष्मी फण्डको यस महिना घटेर १ अर्ब ९ करोड ६८ लाख रुपैयाँ बराबर रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।