के तपाईले डिम्याट खाता नविकरण गर्नुभयो ? समयमै नगरे रोकिएला नि कारोबार

Jul 02, 2018 Merolagani

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले गरेको व्यवस्था अनुसार हितग्राही खाता धारकले प्रत्येक आर्थिक बर्षको सुरुवातसँगै आफ्नो खाता (डिम्याट एकाउन्ट) नविकरण गर्नुपर्ने हुन्छ । यदि निर्धारित समयमा नविकरण शुल्क नबुझाएमा त्यस्ता लगानीकर्ताको खाता नविकरण नगराउँदा सम्मको लागि रोक्का रहन्छ ।

लगानीकर्ताले नवीकरण गर्न तोकेको समयावधिभित्र नविकरण नगराएको खण्डमा सिडिएससीको निर्देशन अनुसार सम्बन्धित निक्षेप सदस्यले नविकरण नगराउने लगानीकर्ताको खाता रोक्का गर्दछन् ।

आर्थिक बर्ष २०७५/७६ का लागि डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ र मेरो सेयर प्रयोगकर्ताले थप बार्षिक पचास रुपैयाँ तिनुपर्ने हुन्छ । लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण शुल्क तिर्न सक्नेछन् । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का हुने सिडिएससीले बताउँदै आएको छ ।

चालू आर्थिक बर्षको समयावधि १५ दिनमात्र बाँकी रहेको छ । नयाँ आवको एक महिनाभित्र सम्बन्धित लगानीकर्ताले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यमा गएर नविकरण गराउँदा खाता पनि रोक्का हुँदैन भने रोक्का भएर आइपर्ने झण्झट बाट मुक्ती पाइन्छ ।

लगानीकर्ताबाट नविकरण गर्न जति ढिला गर्दछ उति नै धेरै नविकरण गर्ने लगानीकर्ताको भीड बढ्ने हुँदा सानो कामका लागि नै लगानीकर्ताले घण्टौं समयको बर्बादी गनुपर्ने अवस्था आउन सक्छ । जुन अघिल्ला बर्षहरुमा देखिँदै आएको छ । समय छँदै फुर्सदको समयमा नविकरण गराउँदा सम्बन्धित डिम्याट खाता ग्राहकलाई नै फाइदै पुग्छ ।

समयमा नै  काम सम्पन्न नगर्ने नेपालीहरूकाे साझा विशेषता नै बन्न थालिसकेकाे छ । यसबाट अाइपर्ने समस्याबाट नेपालीहरू  अपरिचित छैनन् ।

धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग, नेपाल मर्चेन्ट बैंकर्स संघ, र सम्बन्धित निक्षेप सदस्यहरुले पनि लगानीकर्तालाई समयमा नै आफ्नो खाता नविकरण गराएर ढुक्कसँग सेवा प्रयोग गर्न अघिल्ला बर्षहरुमा झैँ यस बर्ष यो बर्षमा पनि सूचना जारी गर्ने क्रम बढ्न थालिसकेको छ ।

एनआईबिएल क्यापिटल र सिद्धार्थ क्यापिटलले आफ्ना ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्न सूचना जारी गरिसकेका छन् । उनीहरुले समयमा नै नवीकरण नगर्ने लगानीकर्ताको खाता रोक्का हुने र शेयर कारोबारको राफसाफको लागि पनि लगानीकर्ताले समयमै खाता नवीकरण गराउन जरुरी हुने बताइसकेका छन् । अन्यले पनि अागामी दिनमा नविकरण गर्ने सूचना प्रकाशित गर्ने क्रम बढ्दै जानेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।