एघार महिनामा प्राथमिक बजारमा थप ४२ अर्ब पूँजी परिचालन

Jul 10, 2018 Merolagani

धितोपत्रको प्राथमिक बजारमा चालु आर्थिक बर्षको एघार महिनामा अर्थात जेठसम्म ४२ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ । यसअवधिमा ७३ संगठित संस्थाका मार्फत उक्त रकम परिचालन भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले कम हो ।

गत वर्षको यस अवधिमा प्राथमिक वजार मार्फत ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको पूँजी परिचालन भएको थियो । सो अवधिमा अवधिमा ९२ संगठित संस्थाका मार्फत उक्त रकम परिचालन भएको थियो ।

यस वर्ष हकप्रद शेयर तथा थप निष्काशनमा कमी आएका कारण समग्र प्राथमिक बजार मार्फत हुने पूँजी परिचालनमा कमी आएको धितोपत्र बोर्डले जनाएको छ ।

 

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्थाका कारण अधिक मात्रामा हकप्रद तथा एफपिओ निष्काशन भएकोले पूँजी परिचालन अधिक देखिएको बोर्डको भनाई छ ।

तीन वर्ष देखि शुन्य रहेको ऋणपत्र निष्काशन यस अवधिमा भने ३ अर्ब रुपैयाँ निष्काशन गरेको छ । यस्तै यस अवधिमा साधारण शेयर निष्काशन भने तीन गुणाले वृद्धि भएको छ ।

कुल पूँजी परिचालनमा सबै भन्दा बढी हिस्सा ५२.३८ प्रतिशत अर्थात २२ अर्ब रुपैयाँको हकप्रद निष्काशन भएको छ भने सबै भन्दा कम हिस्सा ७.१४ प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन भएको हो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।