विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

Jul 20, 2018 Merolagani



झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

उक्त गाउँमा २०० घरधुरी रहेका छन् । तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए । “बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए”, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भने, “कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।”

विद्युत् समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत रु २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत् प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए।

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट छ किलोमिटर दक्षिण रहेको यो गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्डसमेत राखिएको छ ।पर्याप्त भोल्टेज भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेको साँवाले बताए।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।