६२ अर्ब वित्तीय बजारबाट खिच्दा पनि अझै अधिक तरलता, थप २० अर्ब तान्दै राष्ट्र बैंक

Jul 24, 2018 Merolagani

गत आर्थिक बर्षको अन्त्यमा बढेको सरकारी खर्च तथा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको नयाँ व्यवस्थाले वित्तीय प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनमा राष्ट्र बैंकको व्यस्थता बढेको छ । नयाँ आर्थिक बर्षको सुरु भएको आठ दिनभित्र मात्रै राष्ट्र बैंकले ६२ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट तानेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखा परेको अधिक तरलता व्यवस्थापन गर्न साउन एक गतेदेखी ८ गतेसम्म ६ पटक गरेर ६२ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिचेको हो । यसबीचमा राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ बजारबाट उठाउने लक्ष्य राखेको थियो ।

राष्ट्र बैंकले ८५ अर्ब बजारबाट तान्न खोज्दा बैंक तथा वित्तीय संस्थाहरुले भने एक खर्ब ३५ अर्ब रुपैयाँ राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा राख्न तयार रहेका थिए । 

तर प्रस्तावित ब्याजदर नमिलेपछि राष्ट्र बैंकले ६२ अर्ब मात्र स्वीकार गरेको छ । राष्ट्र बैंकले ६ दिनमा दुईपटक ९० दिने, तीन पटक ६० दिने र एक पटक ३० दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गरेको हो।

आर्थिक बर्षको अन्त्यमा सरकारी खर्च बढेर बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएको हो । साथै केन्द्रीय बैंकले तरलता सहज पार्न सीआरआर (क्यास रिजर्भ रेसियो) मा सहजीकरण गरेपछि बैंकहरुमा ४८ अर्ब तरलता थपिएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सबै बैंक तथा वित्तीय संस्थाको सीआरआर ४ प्रतिशतमात्र कायम गरेको छ । सीआरआरमा गरिएको कटौतीबाट थप तरलता बढेको हो ।

बैंकिङ प्रणालीमा अझै अधिक तरलता रहेको छ । जसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट उठाउने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।