अधिकांश म्युचुअल फण्डको मुद्धती निक्षेप सीमा भन्दा बढी, कसको कति ?

Jul 27, 2018 Merolagani

हाल सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्डको मुद्धती निक्षेप धितोपत्र बोर्डले तोकेको सीमा भन्दा धेरै रहेको पाईएको छ । म्युचुअल फण्डहरुले प्रकाशित गरेका गत जेठ र असारको वित्तीय विवरणको आधारमा १३ मध्ये ९ फण्डले तोकिएको सीमा भन्दा बढी रकम मुद्धती निक्षेपमा राखेका छन् ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ अन्तगर्त (ङ) नम्बर बुँदामा योजना व्यवस्थापकले बैंक निक्षेपमा योजनाको कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाको विपरित कार्य गरेको भन्दै धितोपत्र बोर्डले आधा दर्जन म्युचुअल फण्डलाई स्पष्टिकरण सोधेको छ ।

ब्याज खान पल्केका म्युचुअल फण्ड धितोपत्र बोर्डको कारबाहीमा

तर ९ फण्डले विनियमालवीमा तोकिएको कुल सम्पत्तिको १० प्रतिशत सीमाभन्दा नाघेर २० प्रतिशतसम्म लगानी गरेका छन् । तथ्याङ्कले चार म्युचुअल फण्डले मात्र सीमा भित्र लगानी गरेको देखाउँछ । चार फण्डले गत असारसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन । ९ फण्डले प्रकाशित गर्न बाँकी रहेको छ । म्युचुअल फण्डहरुले मासिक रुपमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नेगर्छन् ।

असारसम्मको वित्तीय विवरण सार्वजनिक गरेका लक्ष्मी क्यापिटलको दुवै फण्डको मुद्धती निक्षेप कुल सम्पत्तिको दश प्रतिशत भन्दा माथि छ । लक्ष्मी इक्विटी फण्डले २२ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ । जुन कुल सम्पत्तिको २०.३३ प्रतिशत हो ।

त्यस्तै लक्ष्मी भ्यालु फण्डले कुल सम्पत्तिको १६.६१ प्रतिशत अर्थात ९ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ । एनआईबिल एस क्यापिटलको दुवै फण्डको मुद्धती निक्षेप भने दश प्रतिशत भन्दा कम रहेको छ ।

लक्ष्मी क्यापिटल र एनआईबिल एस क्यापिटल बाहेकका अन्य क्यापीटलले सञ्चालन गरेका म्युचुअल फण्डहरुको तथ्याङ्क उनीहरुको प्रकाशित गरेको जेठको वित्तीय विवरण आधारमा प्रस्तुत गरीएको छ ।

जसका आधारमा अन्य क्षेत्रमा लगानी नगरेका सिटिजन्स म्युचुअल फण्ड एक र एनएमबि हाइब्रिड फण्डको मुद्धती निक्षेपमा उच्च रकम रहेको छ । उनीहको बैंक मुद्धती निक्षेपमा कूल सम्पत्तिको क्रमश ८६.७१ प्रतिशत र ५१.८४ प्रतिशत रकम राखेको पाइएको छ ।

यस्तै सानिमा इक्विटी फण्डले कूल सम्पत्तिको १९.८० प्रतिशत अर्थात २६ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ । यद्यपी उसले २० प्रतिशतसम्म रकम मुद्धती निक्षेपमा राख्न पाउनेगरी अनुमति लिएको दाबी गर्दै आएको छ ।

त्यस्तै एनआईसी एशिया ग्रोथको १४.३० प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्टको १२.४६ प्रतिशत, नबिल ईक्विटी फण्डको ११.३८ प्रतिशत तथा ११.३६ प्रतिशत रकम मुद्धती निक्षेपमा राखेका छन् ।

सेयर बजारमा नै लगानी गर्ने मुख्य उदेश्यका साथ सञ्चालनमा आएका म्युचुअल फण्डहरुले विनियमावलीमा रहेको व्यवस्थाभन्दा बढी बैंकमा निक्षेप राख्न थालेपछि सेयर बजारमा यस बिषयमा बहस सुरु भएको थियो ।

बजार न्यून बिन्दुमा आएको बेला सेयरमा लगानी बढाएर जोखिम व्यवस्थापन र औसत लागत घटाउनतर्फ नलागी पछिल्लो यस्ता फण्डहरुले नाफा कमाउन बैंक निक्षेपमा रकम थुपारेको भन्दै आलोचना हुँदै आएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।