बैंक ब्याजमै रमाएको जलविद्युत कम्पनीले पनि बोकाउने भयो हकप्रदको भार

Jul 30, 2018 Merolagani

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले आफ्ना शेयरधनीलाई हकप्रदको भार बोकाउने भएको छ। कम्पनीले एक बराबर एकको अनुपातमा दश अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव गरेको छ। कम्पनीको प्रस्ताव अनुसार सर्वसाधरण लगानीकर्ताले मात्रै दुई अर्ब रुपैयाँ थप लगानी गर्नुपर्नेछ ।

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ  छ । शतप्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले अघिल्लो आर्थिक बर्षमा सेयरधनीहरुलाई पाँच प्रतिशतका दरले ५० करोड रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीमा लगानी गरेका लगानीकर्ताले उचित प्रतिफल नपाएको अवस्थामा थप हकप्रदको भार बोकाउने प्रस्ताव कम्पनीले गरेको छ ।

हकप्रदमा उचालिने क्रमले दोस्रो बजारमा कम्पनीको शेयर भाउ बढेर कारोबार समेत बढ्न थालेको छ ।

गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत्रसम्मको विवरण अनुसार एचआईडिसीएलले ९ अर्ब ४८ करोड नगद बैंकमा राखेको छ भने एक अर्ब २७ करोड विद्युत आयोजनाहरुमा लगानी गरेको छ ।

कम्पनीले गत चैत्रसम्म बैंक निक्षेपको ब्याजबाट मात्रै ८८ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको थियो । जबकी सो अवधिमा आयोजनामा गरेको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको उल्लेख गरेको छ ।

कम्पनीको दश करोड कित्ता शेयर नेप्सेमा सुचीकृत छ । कम्पनीले सर्वसाधरणलाई २ करोड कित्ता बिक्री वितरण गरेको थियो।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ स्थापित कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । ८ अर्ब संस्थापकको र सर्वसाधारणको २ अर्ब गरी कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।

यस कम्पनीलार्इ जलविद्युत आयोजनामा लगानी बढाउने भन्दा बैंकमा बचत गरेर नाफा कमाउने आरोप लाग्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।