नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

Aug 04, 2018 RSS

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार कर सम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् ।

आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताएका हुन् । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भने “चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघिबढ्न सक्नुहुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।”

कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै आएको हो ।

ट्रम्पले विशेष गरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो ।


comments powered by Disqus

जनक शर्मा पौड्यालले साउन ९ गतेदेखि सनराइज बैंकको सीइओ पद सम्हाल्ने

Jul 15, 2019 06:36 PM

जनक शर्मा पौड्याले यहि साउन ९ गतेदेखि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पद सम्हाल्ने भएका छन्।