यस्तै समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३३५ ग्राहकको विद्युत् लाइन आव २०७४÷७५ मा काटिएको यादवले बताए ।
बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटक पटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ । विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट रु दुई करोड ५६ लाख १३ हजार रूपैयाँ पुरानो बक्यौता रकम संकलन गरिएको छ ।
वितरण केन्द्र मिर्चैयाले आव २०७४/७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट आठ लाख २८ हजार रूपैयाँ राजश्व संकलन गरिनुकाे साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद गरिएको बताइएको छ ।