नबिल बैंकको दश बर्षे ऋणपत्र परिपक्क भएपछि पैसा फिर्ता गर्ने तयारी

Aug 07, 2018 Merolagani

नबिल बैंक(NABIL) ले दश बर्ष अघि निष्काशन गरेको नबिल बैंक ऋणपत्र –२०७५, को अवधि ०७५ साउन २२ गते समाप्त भएको छ । ऋणपत्र परिपक्क भएसँगै बैंकले ऋणपत्रमा लगानी गर्ने विभिन्न व्यक्ति तथा संगठित संघसंस्थाहरुलाई रकम फिर्ता गर्ने तयारी थालेको छ ।

बैंकले २०६५ साउन २२ गते विभिन्न व्यक्ति तथा संगठित संघसंस्थाहरुलाई प्रति ऋणपत्र एक हजार अंकित ३ लाख कित्ताको लागि जम्मा ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

यसको समयअवधि २०७५ साउन २१ गते सम्म कायम रहि आज २२ गते समाप्त भएको नबिल बैंकले जनाएको छ ।

बैंकले ८.५ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गरेको थियो। बैंकले हरेक वर्ष ऋणपत्रका धनीलाई ब्याज भुक्तानी गर्दै आएको छ ।

बैंकले ऋणपत्र धनीहरुलाई सक्कल प्रमाणपत्र सहित बैंकको दरबारमार्ग कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कागजपत्र पेश गरीसकेपछि ऋणपत्र धनीहरुले व्याज सहितको नगद आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।