बुटवल पावरको समेत शेयर भएको नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले १० प्रतिशत लाभांश दिने

Aug 08, 2018 Merolagani



नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले १० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बुटवल पावर कम्पनीको समेत शेयर रहेको यस कम्पनीले शेयर धनीहरुलाई ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरी १० प्रतिशत लाभांस वितरण गर्ने भएको हो ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो भदौं १७ गते बुटवल स्थित क्लव डेनोभो होटलमा १२ः१५ बजे साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको असार २२ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारणसभामा संचालक समितिको प्रतिबेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिबेदन सहितको २०७४ असार मसान्तको वासलात तथा अर्थिक वर्ष २०७३÷७४ सम्मको नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाहको विवरण पारित गर्ने तयारी गरेको छ ।

यस्तै बोनस शेयर मार्फत पूँजी बृद्धि गर्न कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तयारी पनि गरेको छ । साथै कम्पनीको अधिकृत पूँजी १५ करोडवाट १६ करोड रुपैयाँ र जारी पूँजी १४ करोडवाट १५ करोड ३८ लाख रुपैयाँ पुर्याउने कम्पनीले जनाएको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।