फर्निचर तथा फर्निसिङ एक्स्पो असोज ४ देखि, ९० प्रतिशत स्टल बुकिङ्ग पुरा

Aug 09, 2018 Merolagani

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ ।यस अघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भए पछि पर सारिएको हो । एक्स्पोमा सहभागि हुनका लागि ९० प्रतिशत स्टल बुकिङ्ग भएको छ ।

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार बिम्स्टेक सम्मेलन भदौ १४ गतेदेखि काठमाण्डौंमा हुन लागेकाले फर्नेक्सको मिति परिवर्तन गरिएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।

एक्सपोको टाइटल स्पोन्सर जेम फ्लोरीङले गर्ने भएको छ । संघका अनुसार स्वदेशी तथा विदेशी प्रदर्शकहरुले ९० प्रतिशत स्टल बुकिङ्ग गरिसकेका छन् । अब भौतिक तयारीको योजना तिब्र बनाईने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए ।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने आयोजकको भनाई छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास आयोजकको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।

यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको भनाई छ । फर्निचर क्षेत्रको प्रविधि पनि अवलोकनकर्ताको मूख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ ।

५ दिन अर्थात असोज ८ गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।