‘धितोपत्र बोर्ड असुली काउण्टरको बाटो लाग्दै’

Aug 16, 2018 Merolagani

पूँजी बजारका साथै अर्थ व्यवस्थासँग सम्बन्ध राख्ने व्यक्तिहरुले धितोपत्र बोर्ड रकम असुलीमा केन्द्रित भएको बताएका छन् । बोर्डले नै आयोजना गरेको एक अन्तरकृयामा सहभागिहरुले उठ्दादेखि बस्दासम्म हरेक विषयमा शुल्क असुली गर्न खोजेको भन्दै राष्ट्र बैंकबाट पाठ सिक्न समेत सुझाव दिएका छन् ।

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदामा सुझाव दिने क्रममा अधिकांस वक्ताहरुले बोर्डको स्वीकृति तथा मातहतका संस्थाबाट शुल्क असुलीमा केन्द्रित भएको विषयलाई उठान गरेका हुन् । वैकल्पिक लगानी कोषहरुलाई समेत अनिवार्य रुपमा धितोपत्र बोर्डमा दर्ता गराएर दर्ता तथा नबीकरण शुल्क उठाउने विषय नियमावलीको मस्यौदामा उल्लेख छ ।

यही विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महानिर्देशक हेमन्त दुवाडीले हरेक विषयमा पटक पटक शुल्क उठाउने बोर्डको संस्कृति ठीक नभएको बताएका थिए । हँसिलो मुद्रामा उनले भने, आफु अन्तरगत रहने हरेक संस्थाबाट विभिन्न शिर्षकमा पटक पटक शुल्क असुली गर्दा त्यस्ता संस्थाहरु निरुत्साहित हुन्छन होला । बोर्ड शुल्क उठाउनेमा धेरै केन्द्रित हुन भएन ।’

नेपाल इन्भेष्टर्स फोरका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पनि बोर्डले वैकल्पिक लगानी कोषको सन्दर्भमा पटक पटक नबीकरण र अनुमतिको विषय नराख्न बोर्डलाई सुझाव दिए । बोर्डले आफुले नियमन गर्ने प्रत्येक संस्थाबाट वर्षेनी ठुलो आकारमा शुल्क उठाउँदा संस्थाहरु निरुत्साहित बनेकोतर्फ बोर्डको ध्यानाकर्षण गराएका थिए ।

बोर्डलाई सुझाव दिँदै फोरम अध्यक्ष पौडेलले भने, ‘राष्ट्र बैंकले कुनै पनि वाणिज्य बैंकहरुसँग बैंकले व्याज आम्दानीबाट गरेको आम्दानीमा शुल्क लगाएको छैन । धितोपत्र बोर्डले भने हरेक संस्थासँग शुल्क लिँदै वर्षेनी नबीकरण किन गर्नु पर्ने ? बोर्डले जस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट शुल्क उठाउने हो भने के हुन्छ ? बोर्डले राष्ट्र बैंकबाट केही सिक्नु पर्छ ।’

कानुन व्यवसायी सेमन्त दाहालले पनि घुमाउरो भाषमा बोर्डले धेरै कोषहरुलाई सञ्चालन अनुमति दिन खाजेको भन्दै नियमनमा समस्या उत्पन्न हुनेतर्फ बोर्डको ध्यानाकर्षण गराएका थिए ।

बोर्डले अघिल्लो आर्थिक वर्षमा यसरी नै विभिन्न शिर्षकमा शुल्क उठाएर ४४ करोड रुपैंया कमाई गरेको थियो । गत आर्थिक वर्षमा मात्र पनि बोर्डले ३५ करोड रुपैंया कमाई गरेको छ । बजारमा पूँजी बजारसम्बद्ध अन्य निकायको कमाईका आधारमा बोर्डको कमाई तिब्र स्वभावको देखिन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।