ग्रामिण विकास लघुवित्तले पनि ढिलो सार्वजनिक गर्यो हकप्रद प्रस्तावकाे सूचना

Aug 17, 2018 Merolagani

ग्रामिण विकास लघुवित्त (GBLBS) पनि सूचना प्रवाहकाे सवालमा कमजाेर देखिएकाे छ । कम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारण सभामा पचास प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव लैजाने निर्णय साउन २९ गते मंगलबारै गरेपनि नेप्सेमा दुर्इ काराेबार दिन ढिला गरि सूचना सार्वजनिक गरेको हाे । 

लघुवित्तको साउन २९ गते मंगलबार बसेको सञ्चालक समितिले पचास प्रतिशत हकप्रद जारी गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेकाे थियाे । सूचीकृत कम्पनीकाे मूल्यमा प्रभाव पार्ने  सूचना कम्पनीले सार्वजनिक गर्न ढिला गर्दा भित्री कारोबारमा समेत सहयोग पुग्ने गरेको छ ।

लघुवित्तले चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँको  एक बराबर ०.५० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव राखेर अगामी असोज ५ गते एशियन हल बुटवलमा बिहान ११:३० बजे विशेष साधारण सभा बोलाएको छ । 

असोज ५ गते डाकेको विशेष साधारण सभाका लागि यहि भदौ १८ गतेदेखि सभाको दिनसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार भदौ १७ गते आइतबारसम्म कायम रहेका लघुवित्तका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

हकप्रद पश्चात कम्पनीको पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

पाँच कम्पनीहरु पूर्वाञ्चल विकास बैंक, मध्यमाञ्चल विकास बैंक, पश्चिमाञ्चल विकास बैंक, मध्यपश्चिमाञ्चल विकास बैंक, र सुदुर पश्चिमाञ्चल विकास बैंक गाभिएर नेपाल ग्रामिण विकास बैंक बनेको थियो । कम्पनीले राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरेर ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।