नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ६० करोडको आईपिओ आउने

Aug 23, 2018 Merolagani

नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ)  निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको एक करोड साठी लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

शेयर निष्काशनका लागि कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेश कुमार भण्डारीले हस्ताक्षर गरे ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको छ । कम्पनीले स्वदेशका जिवन तथा निर्जीवन बीमा कम्पनी र बिदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरु संग कारोवार गर्दे आएको छ ।

कम्पनीले गता आर्थिक बर्ष २०७४/७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड लगानी गरेको छ ।

अघिल्लो आर्थिक बर्षमा ६० करोड ७६ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीको  जगेडा कोषमा १ अर्व ८५ करोड रुपैयाँ छ । आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासिक अवधि सम्ममा कम्पनीले अनुमानित १ अर्ब ४० करोड खुद मुुनाफा हासिल गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।