बिम्स्टेक सम्मेलनमा अन्तरदेशीय ग्रीड सम्बन्धि सम्झाैतामा हस्ताक्षर हुने

Aug 28, 2018 merolagani



आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको १९ औं सचिव स्तरीय बैठकले बिमस्टेक ग्रिडबारे चौथौं सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।बिमस्टेक सम्मेलनमा छलफल हुने एजेन्डाको विषयमा भएको छलफलमा मुख्य १६ वटा एजेन्डाका बारेमा छलफल गर्दै अन्तरदेशीय बिमस्टेक ग्रिडबारे हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, काउन्टर आतंकवाद र अपराधका विषयमा समेत छलफल भएको थियो ।

त्यसैगरी बैठकमा बिमस्टेकको आफ्नै घोषणापत्र जारी गर्ने विषयमा समेत छलफल भएको र चौथो सम्मेलनपछि पहिलो पटक घोषणापत्र जारी गर्ने समेत निर्णय लिएको छ ।

साथै बैठकले बिमस्टेक सम्मेलनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको थियो ।

 



८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।