एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १ (NMBSF1) को श्रावण मसान्तमा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ २९ पैसा रहेको छ । जुन असारको तुलनामा ११ पैसा बढी हो । गत असार महिनामा फण्डको प्रति इकाई खुद मूल्य १३ रुपैयाँ १८ रुपैयाँ रहेको थियो ।
फण्डले ६१ वटा सूचीकृत कम्पनीहरुमा ४२ करोड २९ लाख ३६ हजार रुपैयाँ लगानी गरेको छ । गत असारसम्म कम्पनीले ६० कम्पनीका शेयरमा ४० करोड ९६ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनामा फण्डले शेयर बजारमा एक करोड ३३ लाख थप लगानी गरेको छ । शेयर बजारको कूल लगानीमध्ये १७ वटा वाणिज्य बैंकमा १५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।
श्रवाण मसान्त सम्म फण्डले कुल ५६ करोड ८० लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । फण्डले सूचिकृत कम्पनीहरुको शेयर, सरकारी ऋणपत्र, सार्वजनिक निष्काशन, हकप्रद र बोनस तथा स्थिर आय उपकरणमा उक्त रकम लगानी गरेको हो। त्यसैगरी, बैंक मौज्दातमा ४३ करोड ६ लाख रुपैयाँ बचत गरेको छ ।
एनएमबि हाईब्रिड फण्ड एल –१
एनएमबि हाईब्रिड फण्ड एल –१ (NMBHF1) को असारको तुलनामा श्रावणमा प्रति इकाई खुद मूल्य स्थिर रहेको छ । असारमा १० रुपैयाँ ३७ पैसामा रहेको फण्डको प्रति इकाई खुद मूल्य श्रावणमा पनि १० रुपैयाँ ३७ पैसा नै रहेको छ ।
श्रावण मसान्तसम्ममा कुल ८८ करोड ४३ हजार रुपैयाँ लगानी गरेको फण्डले सबै भन्दा धेरै स्थिर आय उपकरणमा ५४ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४० वटा सूचीकृत कम्पनीहरुमा २४ करोड ५९ लाख रुपैयाँ, ऋणपत्रमा ८ करोड ५० लाख रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा ९१ लाख ३४ हजार रुपैयाँ लगानी छ ।
सूचीकृत कम्पनी मध्ये पनि सबै भन्दा धेरै १३ वाणिज्य बैंकहरुमा ९ करोड ७१ लख रुपैयाँ लगानी रहेको छ । त्यसैगरी फण्डले बैंक मौज्दातमा १५ करोड ४० लाख रुपैयाँ बचत गरेको छ ।