जनरल र नेपाल इन्स्योरेन्सले कति गरे कमाई ?

Aug 31, 2018 Merolagani

जनरल इन्स्योरेन्सले सञ्चालनको छोटो अवधिमा दुई करोड नौ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ । उता नेपाल इन्स्योरेन्सले पनि कमाई बढाएको विवरण पस्किएको छ ।

जनरल इन्स्योरेन्स (GIC) ले गत वर्षको चौथो त्रैमाससम्ममा लगानी कर्जा तथा अन्य आयवाट दुई करोड ७५ लाख ३७ हजार रुपैयाँ, पुर्नबीमा कमिशन आयवाट चार लाख ४७ हजार रुपैयाँ र खुद बीमा शुल्क वापत ११ लाख ७१ हजार रुपैयाँ आम्दानी गरी २ करोड ९० हजार रुपैंया खुद नाफा कमाएको हो ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ९४ लाख ४५ हजार रुपैयाँ, बीमा कोषमा एक करोड चार लाख ९५ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा १० लाख ४९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीले चौथो त्रैमास सम्ममा एउटा दाबी वापत ११ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले १९३ बीमालेख जारी गरी ३१ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी तीन रुपैयाँ, प्रति शेयर नेटवर्थ १०२ रुपैयाँ ८५ पैसा र प्रति शेयर कुल सम्पत्तिको मुल्य २०३ रुपैयाँ ७३ पैसा छ ।

उता नेपाल इन्स्योरेन्स (NICL) ले १४ करोड ३० लाख रुपैयाँले खुद बीमा शुल्क आर्जन बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ४५ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनले कुल बीमा शुल्क भने ८७ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७३ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले पुर्नबीमावाट ११ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने पुर्नबीमा कमिशन वापत १३ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा ८.५६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २४ करोड ५३ लाख रुपैयाँ र बीमा कोषमा १९ करोड ८३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा कम्पनीले एक हजार ९८७ दाबी वापत ३९ करोड ६५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक हजार ८५८ दाबी वापत ८८ करोड पाँच लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीले एक लाख दुई हजार २०४ बीमालेख जारी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ८२ पैसा र मुल्य आम्दानी अनुपात ३२.५१ गुणा बढि छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।