लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले असोज ९ गते साधारण सभा डाक्यो

Sep 04, 2018 Merolagani

आइसिएफसि फाइनान्स (ICFC) ले लाभांश पारित गर्नको लागि पन्धौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १८ गते बसेको संचालक समितिको बैठकले आगामी असोज ९ गते रिजेन्सी ब्यांकेट, ज्ञानेश्वर काठमाडौंमा विहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरी स्वीकृत गर्ने तयारी गरेको छ ।

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिबेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण स्वीकृत गर्ने योजना छ ।

आर्थिक वर्ष २०७५/७६ को लागि बाह्य लेखा परिक्षकको नियुक्ती गर्ने र परिश्रमिक निर्धारण समेत साधारण सभाले गर्दैछ ।

कम्पनीले साधारण सभाको लागि भदौ २७ गते देखि अशोज ९ गते सम्म संस्थाको शेयर नामसारी दाखिल खारेज बन्द हुने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।