भदौ २७ गते बुधबारसम्म लाभांश घोषणा गरेका २५ कम्पनीमध्ये १० कम्पनीले नगद लाभांश मात्र वितरण गर्ने भएका छन् । १५ कम्पनीले बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
बोनस सेयर मात्र प्रस्ताव गरेका कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, ङादी ग्रुप पावर, एनआईबिएल समृद्धि फण्ड, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम, आईसीएफसी फाइनान्स, ज्योति विकास बैंक, वोमी माइक्रोफाइनान्स, स्वदेशी लघुवित्त, फस्ट माइक्रोफाइनान्स कम्पनीले नगद मात्र वितरण गर्ने भएका हुन् ।
किसान माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, मेरो माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, कन्काई विकास बैंक, हाम्रो विकास बैंक, जानकी फाइनान्स, पोखरा फाइनान्स, र रिडी हाइड्रोपावर कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव गरेका छन् ।
कुनैले कर प्रयोजनका लागि मात्र नगद वितरण गर्ने भएका छन् भने कुनैले कर र नगद पनि वितरण गर्ने हिसाबले लाभांश प्रस्ताव गरेका छन् ।
काबेली विकास बैंकले ३५ प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । माउन्ट मकालु विकास बैंकलाई प्राप्ती गरेको उसले मर्जर तथा प्राप्तीका कारण बोनसमा कर नलाग्ने भएकाले कर प्रयोजनका लागि समेत नगद लाभांश प्रस्ताव गरेको छैन ।
विकास बैंक
हालसम्म लाभांश प्रस्ताव गरेका सात विकास बैंकमध्ये काबेली विकास बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत बोनस घोषणा गरेको छ ।
सबैभन्दा कम ज्योति विकास बैंकले ८.४० प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ । अन्यको निम्न अनुसार रहेको छ ।
लघुवित्त
हालसम्म ९ लघुवित्त कम्पनीले बोनस घोषणा गरेका छन् । घोषणा भएको बोनस मध्ये किसान माइक्रोफाइनान्सको सबैभन्दा धेरै २९ प्रतिशत बोनस सहित ३०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सबैभन्दा कम स्वदेशी लघुवित्तले १०.५३ प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ । अन्यको निम्न अनुसार रहेको छ ।
फाइनान्स कम्पनी
फाइनान्स कम्पनीमध्ये जानकी फाइनान्सले सबैभन्दा धेरै २२ प्रतिशत बोनस सहित २३.१६ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।
आइसीएफसी फाइनान्स कम्पनीले सबैभन्दा कम ८ प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ ।
जलविद्युत,उत्पादन र सामूहिक लगानी कोष
जलविद्युत,उत्पादन र सामूहिक लगानी कोष तीन वटै समूहमा दुई दुई वटा कम्पनीले लाभांश प्रस्ताव गरेको छन् ।
जलविद्युत कम्पनीमा रिडीले ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने ङादी ग्रुप पावरले १० प्रतिशत नगद मात्र प्रस्ताव गरेको छ ।
उत्पादनमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल तराईले ४० प्रतिशत र बालाजुले २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
सामूहिक लगानी कोषमध्ये एनआईबिएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ र सिद्धार्थ क्यापिटलको क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम दुबैले समान १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।
यस्तै एनएमबि बैंक (NMB) ले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस सेयर साउन ३१ गते सम्पन्न २२ औं बार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)) ले भने पनि आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कुन कम्पनीको बुकक्लोज कहिले ?
कुनै पनि लाभांश घोषणा नगरेका ग्रीन डेभलपमेन्ट बैंक, ग्रामिण विकास लघुवित्त, र राष्ट्रिय बीमा कम्पनीले साधारण सभा आह्वान गरेर सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति समेत ताेकिसकेका छन् ।
ग्रीन डेभलपमेन्ट बैंकको भदौ २२ गते, ग्रामिण विकास लघुवित्तले भदौ १८ गते, राष्ट्रिय बीमा कम्पनीले असोज ५ गतेदेखि सेयरधनी किताब दर्ता पुस्तिका बन्द गर्ने भएका छन् ।
ग्रीन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभाका लागि बुकक्लाेज ताेकेकाे छ ।
दश प्रतिशत नगद लाभांश र ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न असाेज ४ गते पाँचाैं बार्षिक साधारण सभा अाह्वान गरेकाे ङादी ग्रुप पावरले भदाै १४ गते नै बुकक्लाेज गरिसकेकाे छ ।
यसअनुसार भदाै १३ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् ।
राष्ट्रिय बीमा कम्पनीले आर्थिक बर्ष २०६३/६४ देखि २०६७/६८ सम्म गरि पाँच आर्थिक बर्षको साधारण सभा असोज २९ गते डाकेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको असोज ८ गते पाँचाैं बार्षिक साधारण सभा र ग्रामिण विकास लघुवित्तले असोज ५ गते विशेष साधारण सभा आह्वान गरेका छन् ।