बैंकबाट ऋण लिएर स्वदेशमै व्यवसाय नगरी विदेशमा रमाउने प्रवृत्ति गलत: गभर्नर

Sep 17, 2018 Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताएका छन् । 

सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ नामक पुस्तकको आइतबार विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवाले स्वदेशमै कामको खोजी गर्नुपर्नेमा जोड दिए ।

स्वदेशमा रोजगार र स्वरोजगारका सम्भावना रहे पनि स्वदेशमा काम गर्न नरुचाउने प्रवृत्तिका कारण बेरोजगार समस्या बढेको बताउँदै उनले विदेशमा गएर दुःख गर्ने बानी नेपाली युवामा नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने तर्क गरे ।

उनले बालबालिकामा सानै उमेरदेखि पैसाको महत्वसम्बन्धी ज्ञान हुनुपर्ने बताए । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।