एनआईबिएल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ ले आर्थिक बर्ष २०७४/७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेकाे छ ।
अन्य कम्पनीहरुको हकमा नियामक निकायबाट स्वीकृती लिएर साधारण सभाबाट अनुमोदन गर्ने प्रकृया पुर्याएर मात्र लाभांश वितरण गर्नुपर्ने हुन्छ ।
सामूहिक लगानी कोषको हकमा लेखापरिक्षण सम्पन्न गरेर योजना व्यवस्थापकको सञ्चालक समिति बैठकले लाभांश घोषणा गर्ने गर्दछ ।
यसलाई साधारण सभाबाट अनुमोदन गराउन नपर्ने र नियामकको स्वीकृती लिनु नपर्ने भएकाले इकाईधनीले छिटो लाभांश पाउने अवस्था रहन्छ । तर लाभांशको जानकारी भने नियामक निकायमा गराइएको हुन्छ ।
एनआईबिएल समृद्धि फण्डले हालसम्म पनि हितग्राही खाता (डिम्याट) मा बैंक खाता नम्बर अद्यावधिक नगराएका लगानीकर्तालाई भने कम्पनीले लाभांश वितरणका लागि यथाशिघ्र अपडेट गराउन आग्रह गरेको छ ।
विगत बर्षहरुमा वितरण भएको लाभांश लिन बाँकी रहेको इकाइधनीले समेत एनआईबिएल एस क्यापिटल मार्फत लाभांश संकलन गर्नसक्ने फण्डले जनाएको छ । लाभांश संकलन गर्न आउँदा आधाकारिक परिचयपत्र अथवा आफैँ संकलन गर्न नसक्नेहरुको हकमा मञ्जुरीनामा समेत आवश्यक पर्ने जनाइएको छ ।
यसअघि सिद्दार्थ क्यापिटलकाे व्यवस्थापनमा सञ्चालित सिद्दार्थ इक्वीटी अाेरियण्टल स्कीम सामूहिक लगानी काेषले भदाै २० गतेदेखि १२ प्रतिशत नै नगद लाभांश वितरण गरिसकेकाे छ ।