दर्जन कम्पनीद्धारा साधारण सभा आह्वान, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

Sep 22, 2018 Merolagani



-तीर्थराज पाैड्याल।
सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रमसँगै साधारण सभा आह्वान गर्ने क्रम पनि बढ्न थालेको छ । असोज ५ गते शुक्रबारसम्ममा गत आर्थिक बर्षको साधारण सभा आह्वान गर्ने सूचीकृत कम्पनीहरुको संख्या दर्जन पुगेको छ । नेप्सेमा सूचीकृत नभएका ५ कम्पनीले पनि दशैं अगाडि नै साधारण सभा  सम्पन्न गर्ने भएका छन् ।

साधारण सभा आह्वान गर्ने सूचीकृत कम्पनीको संख्या एक दर्जन पुगेपनि शुक्रबारसम्म कुनैपनि वाणिज्य बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका छैनन् । 

लघुवित्त, विकास बैंक अन्य कम्पनीहरु गरि कूल ४० कम्पनीहरुले लाभांश भने घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये १४ लघुवित्त कम्पनी, १३ विकास बैंक, ६ फाइनान्स कम्पनी, तीन उत्पादनमूलक कम्पनी, दुई सामूहिक लगानी कोष र दुई हाइड्रोपावर उप समूहका कम्पनी रहेका छन् ।

यसअघि चुक्ता पूँजी वृद्धिको चापमा परेका कम्पनीहरुले अहिले भने नगद लाभांशलाई जोड दिएका छन् । लाभांश वितरण गर्न हरेक कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति (बुकक्लोज) समेत निर्धारण गरेका छन् ।

यसअनुसार बुकक्लोज भन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् भने बुकक्लोजको दिन अगाडि सेयर बिक्री गर्नेले लाभांश पाउँदैनन् ।

साधारण सभा अाह्वान गरेका कम्पनीमध्ये ग्रीन डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीले कुनै लाभांशको वितरण गरेका छैनन् । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखि ६७/६८ सम्म एकै पटक पाँच आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ ।

 

 

ङादी ग्रुप पावर कम्पनीले असोज ४ गते बिहीबार साधारण सभा सम्पन्न गरिसकेको छ भने अन्य ११ सूचीकृत कम्पनीले पनि दशैं अगावै साधारण सभा सम्पन्न गर्ने भएका छन् ।

दशैंअघि नै साधारण सभाबाट लाभांश पारित गर्ने कम्पनीहरुको लाभांश पनि लगानीकर्ताको हातमा आउन भने दशैंपछि नै कुनुपर्ने देखिन्छ । यद्यपि सामूहिक लगानी काेषहरू सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम र एनआईबिएल समृद्धि फण्ड १ ले भने आफ्ना इकाईधनीलाई १२ प्रतिशत नगद वितरण गरिसकेको छ । उनिहरूकाे लाभांश साधारण सभाबाट अनुमाेदन गर्नु नपर्ने भएकाले वितरण समेत गरेका हुन् ।

अन्य कम्पनीहरूकाे हकमा लाभांश वितरण गर्न नियामक निकायबाट स्वीकृती सँगै कम्पनीकाे साधारण सभाबाट अनिवार्य अनुमाेदन गराउनुपर्ने कानूनी व्यवस्था रहेकाे छ ।

नेप्सेमा सूचीकृत कम्पनी बाहेक अन्य कम्पनीले पनि साधारण सभा आह्वान गरेका छन् । मर्चेन्ट बैंकहरुमध्ये एनआईसी एसिया क्यापिटलले ७.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै भदौ १५ गते नै दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

सानिमा क्यापिटलले ८ प्रतिशत नगद लाभांश पारित गर्न असोज २६ गते तेश्रो बार्षिक साधारण सभा डाकेको छ । एनआईबिएल एस क्यापिटलले १५ प्रतिशत नगद लाभांश पारित गर्न असोज २३ गते छैटौं बार्षिक साधारण सभा आह्वान गरेको छ । सिद्धार्थ क्यापिटलले चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश पारित गर्न असोज २५ गते सातौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यसैगरि नेपाल क्लियरिङ हाउसले २० प्रतिशत बोनस र २० प्रतिशत नगद पारित गर्नका लागि असोज २६ गते सातौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।