भार्गव विकास बैंक पनि मर्ज/प्राप्तीको बाटोमा,बोनस बाँड्न डाक्यो साधारण सभा

Sep 23, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्तीमा जाने भएको छ । बैंकले डाकेको दशौं बार्षिक साधारण सभामा एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित हुने सम्बन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव गरेको छ ।

मर्जर तथा प्राप्तीमा जानका लागि साधारण सभा मार्फत बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मूल्याङ्कनकर्ता नियुक्ति गर्ने प्रस्ताव रहेकाे छ । 

त्यसैगरि मर्जर तथा प्राप्तीका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण पकृया पूरा गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव गरेको छ ।

यसअघि पाेखराकाे अाेम डेभलपमेन्ट बैंक प्राइम कर्मसियल बैंकसँग तथा नुवाकाेटकाे हाम्राे विकास बैंक ज्याेति विकास बैंकसँग एक्वीजिशन हुने सम्झाैता गरेका छन् । 

भार्गवले अघिल्लो आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.५५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेर असोज २७ गते किचन हन्ट कारकाँदो नेपालगञ्जमा बिहान ११ बजे १० आैं बार्षिक साधारण सभा आह्वान गरेको छ।

बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार असोज १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् । बैंकको साधारण सभाले दुई करोड ६४ लाख रुपैयाँ बोनस र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

भार्गवले यसअघि निष्काशन गरेको ८० प्रतिशत हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँबाट बोनस र नगद लाभांश वितरण गरेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख नाघ्नेछ ।  गत अाथिक बर्षकाे नाफा भने बैंकले प्रस्ताव गर्न  बाँकी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।