सि.बि.आई.एल क्यापिटलद्धारा बाह्रौं बार्षिक साधारण सभा अाह्वान

Oct 07, 2018 Merolagani

सि.बि.आई.एल क्यापिटल (CBIL) ले पूँजी वृद्धि गर्ने सम्बन्धमा छलफल गर्न कात्तिक १४ गते बुधबार बाह्रौं वार्षिक साधाण सभा डाकेको छ । क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा दिउँसो २ बजे सभा अाह्वान गरिएकाे हाे । 

सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, गत आर्थिक बर्षको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिको निर्धारण गर्ने भएको हो ।

साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा पनि छलफल गर्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।