अन्तिम सेकेण्डमा आएर नेप्सेमा झिनो सुधार, कारोबार घट्ने क्रम जारी

Oct 10, 2018 Merolagani

शेयर बजारका लगानीकर्तालाई दशैं लाग्न थालेपछि दिनभरी ऋणात्मक रहेको शेयर परिसूचक अन्तिम केही सेकेण्डमा आएर हरियो बनेको छ । पछिल्ला दिनमा शेयर बजारमा कारोबार रकम घट्दै जान थालेको छ । यस साताको सुरुदेखि नै कारोबार रकम घट्दो क्रमममा रहेको छ ।

साताकाे पहिलाे दिन अाइतबार ४० कराेडकाे काराेबार भएकाे बजारमा साेमबार ३७ कराेड मात्र काराेबार भएकाे थियाे । मंगलबार ३४ कराेड काराेबार भएकाेमा चाैंथाे काराेबार दिन बुधबार २२ कराेडमा काराेबार खुम्चिएकाे  हाे ।

लगानीकर्ताहरु दशैं सपिङ्गमा व्यस्त हुँदा बजारमा कारोबारीको उपस्थिति दिनप्रतिदिन घट्दै जान थालेका छन् । जसले शेयर कारोबार र परिसूचक समेत बढ्न सकेको छैन । बुधबार पनि कारोबार अवधिभर ऋणात्मक बनेको नेप्से अन्तिम मिनेटको केही सेकेण्डमा मात्र हरियो बनेको हो ।

बुधबार नेप्से ०.४० अंकले बढेर १२१८.३३ बिन्दुमा पुगेर बन्द भएको छ । बुधबार १६२ कम्पनीका ८ लाख ५६ हजार १८७ कित्ता शेयर २२ करोड ६५ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा कारोबार रकम ११ करोड ६७ लाख रुपैयाँले घटेको हो । मंगलबार ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएका दश उप सूचकमध्ये बैंकिङ्ग र उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन ६.१५ अंक र बैंकिङ्ग २.३८ अंकले वृद्धि भएको हो । यस दिन होटल समुहको सूचक सबैभन्दा धेरै ६.७३ अंकले घटेको छ ।

यस्तै माइक्रोफाइनान्स ५.९३, हाइड्रोपावर ५.६१, निर्जीवन बीमा ५.०९ अंकले घटेको छ । यस्तै विकास बैंक ३.८, फाइनान्स २.२२, अन्य १.४५ र जीवन बीमा १.१८ अंकले नकारात्मक बन्यो ।
बुधबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाले उच्च कारोबार भएको हो । सानिमा माईको ३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरि माछापुच्छ्रे बैंकको एक करोड ६० लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको एक करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार धेरै कारोबार गर्नेमा नाडेप माइक्रोफाइनान्स, एनआईसी एशिया, एनटिसी, प्रभु बैंक, सिभिल बैंक, मेगा बैंक र जनता बैंक अगाडि रहेका छन् ।

बुधबारको बजारबाट मेगा बैंकका शेयरधनीहरुले सबैभन्दा धेरै ३.११ प्रतिशतले नाफा कमाएका छन् । यस्तै प्रभु बैंकका शेयरधनीले पनि ३.०८, समता माइक्रोफाइनान्सको २.६९, नेपाल हाइड्रोको २.२२, आरएसडिसी लघुवित्त २.१२, आइएमई जनरल इन्स्योरेन्सको २.०७ र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा धेरै गुमाउनेमा कम्पनीमा सिटी एक्प्रेसका शेयरधनीहरु परेका छन् । सिटि एक्प्रेसका शेयरधनीहरुले ५.४५ प्रतिशतले गुमाएका छन् । यस्तै नागबेली लघुवित्तको ३.८९, अरुण काबेली पावरको ३.६८ लक्ष्मी लघुवित्तको शेयरमूल्य ३.६६ प्रतिशतले गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।