आँखु खोला हाइड्रोको आईपिओमा साढे चार गुणा बढी आवेदन, कहिले हुँदैछ बाँडफाँड ?

Oct 12, 2018 Merolagani

आँखु खोला हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयरमा सीआस्वाबाट मात्र साढे ४ गुणा बढी आवेदन परेको छ । प्रारम्भिक तथ्यांक अनुसार मध्यान्ह ३ बजेसम्ममा ८२ हजार ५ सय आवेदनबाट ५७ करोड २२ लाख रुपैंयाको आवेदन परेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको सेयरमा ६० करोड रुपैंया बराबरको आवेदन पर्ने अनुमान छ ।

कागजी फारम भरेर सेयर आवेदन गर्नेहरुको तथ्यांक भने उल्लेखित विबरणमा समावेश गरिएको छैन ।

सिभिल क्यापिटलका अनुसार कम्पनीको सेयर कात्तिक पहिलो साता बाँडफाँड हुनेछ । कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर निष्काशन पश्चात चुक्ता पूँजी रहेको छ । आईपिओपछि हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।