युनिलिभर र ङादी ग्रुप पावरले शेयरधनीकै बैंक खातामा नगद लाभांश पठाउने

Oct 26, 2018 Merolagani

युनिलिभर नेपाल लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको लाभांश शेयरधनीकै बैंक खातामा वितरण गर्ने थालेका छन् । ङादीले शेयर डिम्याट गराएका शेयरधनीलाई  बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ भने युनिलिभर(UNL) ले कात्तिक ११ गतेदेखि वितरण हुने बताएको छ ।

धितोपत्र बोर्डले लगानीकर्ताले प्राप्त गर्ने लाभांश शेयरधनीलाई उनीहरुकै खातामा वितरण गर्न निर्देशन दिएपनि सूचीकृत कम्पनीहरुले वितरण गर्ने बोनस तथा नगद लाभांश सहज रुपमा प्राप्त हुने अवस्था आएको हो । 

यद्यपी बैंक खातामा प्राप्त हुने लाभांशको सम्बन्धमा भने कुन कम्पनीको लाभांश प्राप्त भयो भनेर अन्यौलता कायमै रहेको शेयर लगानीकर्ता वेदनाथ घिमिरे बताउँछन् । घिमिरेले भने:- 'बोनसको सम्बन्धमा स्पष्टता भएपनि नगद लाभांश बैंक खातामा आउँदा कुन कम्पनीको लाभांश प्राप्त भएको हो भन्ने नै थाहा हुँदैन । धेरै कम्पनीको शेयरधनी हुँदा कुन कम्पनीको लाभांश प्राप्त भयो र कुनको आएन भनेर नै पत्तो हुँदैन ।'

लाभांश जम्मा गर्दा कुन कम्पनीले कुन अार्थिक बर्षकाे लाभांश वितरणा गरेकाे स्पष्ट खुलाउनु अावश्यक छ । यसतर्फ सम्बन्धित कम्पनीकाे ध्यान जान जरूरी छ । उनले भने 

युनिलिभरले गत आवमा ७०० प्रतिशत र ङादी ग्रुप पावर(NGPL) ले १० प्रतिशत नगद लाभांश वितरण गरेका थिए ।

हालसम्म पनि आफुसँग कागजी शेयर प्रमाणपत्र राखेका शेयरधनीले भने शेयर डिम्याट गराएर डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएपश्चात क्रमश लाभांश वितरण गर्दै जाने दुबै कम्पनीले जनाएका छन् ।

युनिलिभरकाे लाभांश वितरणकाे सूचना यस्ताे छ ।

ङादी ग्रुप पावरकाे लाभांश वितरणा सूचना यहाँबाट हेर्नुहाेस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।