ब्याज आम्दानी उच्च रुपमा बढेपछि कम्पनीको नाफामा उच्च सुधार आएको हो । १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ करोड १९ लाख रुपैयाँ छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा ७२ करोड २५ लाख रुपैयाँ सापटी लिएको संस्थाले ३२ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ३ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपात ०.६५ प्रतिशत मात्रै रहेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ करोड बराबरको लागि ६ लाख कित्ता आईपिओ निष्कासन गर्देछ । जसका लागि उसले सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।
आइपिओ निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।