माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, अधिकतम १०३ कित्ता बाँडियो

Oct 31, 2018 Merolagani

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । आयोजनाको प्राथमिक सेयर एक जनालाई १ सय ३ कित्तासम्म बाँडफाँड गरिएको छ । कुल २ लाख ७६ हजार १ सय ९४ वटा आवेदन परेकोमा १० वटा आवेदन रद्ध भएका छन् ।

बाँकी सबै आवेदकलाई कम्तीमा ३० कित्ता र अधिकत्तम १०३ कित्ताका दरले बाँफाँड भएको हो ।

आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दालाई क्रमशः ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरी आइपीओ बाँडफाँड गरिएको हो ।

अति प्रभावित ‘क’ वर्गमा कुल ५ हजार ५० आवेदकलाई ३० देखि १०० कित्ता माग गर्ने सबैलाई मागे जति सेयर बाँडफाँड गरिएको छ । ११० कित्तादेखि ३०० कित्ता माग गर्ने सबै आवेदकलाई १०२ कित्ताका दरले ५ लाख १० हजार ९ सय कित्ता शेयर वितरण गरिएको छ ।

आयोजना प्रभावित ‘ख’ वर्गका आवेदकहरु मध्ये ३० कित्ता देखि ४० कित्ता शेयर माग गर्नेहरुलाई माग बमोजिम र ५० कित्ता देखि ३०० कित्तासम्म माग गर्ने सबै आवेदकलाई ४८ कित्ताको दरले ३७ लाख ७७ हजार ५८६ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

यस्तै, दोलखा जिल्लाका अन्य बासिन्दा ‘ग’ वर्गका आवेदकमध्ये ३० कित्ता शेयर माग गर्नेलाई माग बमोजिम, ४० कित्ता शेयर माग गर्नेलाई ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेलाई ३४ कित्ताका दरले ६२ लाख ९९ हजार ८६६ कित्ता शेयर बाँडफाँट गरिएको छ । शेयर बाँडफाँडका क्रममा सेयर नपरेको पैसा पाँच दिनभित्र आवेदकलाई फिर्ता गरिसक्ने कम्पनीले जनाएको छ ।

यसरी शेयर बाँडफाँड गर्दा बाँकी रहेको १ हजार ५ सय ९८ कित्ता सेयर क वर्गका ३०० कित्ता सेयर माग गर्नेहरुलाई गोलाप्रथाबाट १ कित्ताका दरले थप गरिएको छ ।

 

कम्पनीले निष्कासन गरेको १ करोड ५ लाख ९० हजार कित्ता शेयरका लागि २ लाख ७६ हजार १९४ आवेदनबाट ३ करोड ७७ लाख ७ हजार ९० कित्ताको माग परेको थियो । क ख र ग वर्गका आवेदकलाई क्रमश ३ : १.४ : १ को अनुपातमा साधारण सेयर बाँडफाँड गरिएको हो ।

माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । कम्पनीको साधारण सेयर नागरिक लगानी कोषको बिक्री प्रबन्धकत्व तथा सनराइज क्यापिटलको सह बिक्रीप्रबन्धकत्वमा निष्काशन भएको थियो ।
अब दोस्रो चरणमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कात्तिक १५ गतेदेखि एक अर्ब ५८ करोड ८५ हजार रुपैंया बराबरको सेयर १ सय रुपैंयाको दरमा निष्काशन गर्दैछ ।

तामाकोशीले निर्धारित समयमा नभई १ वर्ष पछि मात्र व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने भएको छ । यसले भने तामाकोशीका लगानीकर्तालाई केही निराश बनाउने देखिन्छ ।

Read More : बहुप्रतिक्षित अप्पर तामाकोसीको व्यवसायिक उत्पादन अर्को वर्षको कार्तिकमा

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।