कृषि विकास बैंकको खुद नाफा ८२ प्रतिशत बढोत्तरी, ३९ करोड ५९ लाख 'फ्रि प्रोफिट'

Nov 07, 2018 Merolagani

-तीर्थराज पाैड्याल।
सरकारको अग्राधिकार शेयर रहेको कृषि विकास बैंक (ADBL) ले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ६६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३६ करोड ३९ लाख खुद नाफा कमाएको बैंकले ८२.१९ प्रतिशतले नाफा बढाएको हो ।

खुद नाफाभन्दा झण्डै २६ करोड कम फ्रि प्रोफिट 

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले यस अवधिमा ३९ करोड ५९ लाख रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । गत बर्षको यसै अवधिमा बैंकको फ्रि प्रोफिट ३६ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २६ करोड ७२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको चालू अावकाे प्रथम त्रैमासमा खुद नाफा भन्दा लाभांश क्षमता २६ कराेड ७२ लाख १४ हजार घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

बैंकको खुद नाफाबाट सरकारले ६ प्रतिशत नगद लाभांश लैजाने गरेको छ । सरकारले अग्राधिकार शेयर वापत लाभांश लगेपछि बाँकी रकमबाट मात्र अन्य साधारण शेयरधनीलाई लाभांश वितरण हुन्छ ।

४ अर्ब ४६ करोडले बढ्यो जगेडा

एनएफआरएस अनुसार बैंकको जगेडा कोषमा १४ अर्ब ६९ करोड ६९ लाख सञ्चित रहेको देखाएको छ । बैंकले एक बर्षमा ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँले जगेडा बढाएको हो ।

निक्षेप भन्दा कर्जा विस्तार बढी

समीक्षा अवधिमा बैंकले एक खर्ब दुई अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब तीन अर्ब ६१ करोड २६ कर्जा लगानी गरेको छ । यसबाट बैंकले तीन अर्ब ६५ करोड ३९ लाख ब्याज आम्दानी गरेर एक अर्ब ८० करोड ८१ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले एक अर्ब ८४ करोड ५८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ९९ अर्ब ३० करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब २० करोड ८२ कर्जा लगानी गरेको छ ।

बैंकले दुई अर्ब ९२ करोड ६९ लाख ब्याज आम्दानी गरेर एक अर्ब ७८ करोड २६ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले एक अर्ब १४ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन तीन अर्ब ३१ करोड, कर्जा लगानी १५ अर्ब ४० करोड, खुद ब्याज आम्दानी ७० करोड १५ लाख रुपैयाँले सुधार भएको छ ।

खराब कर्जा सुधार गर्दै

समीक्षा अवधिमा बैंकको खराब कर्जा घटाउँदै लगेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ४.६० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ३.९३ प्रतिशतमा खुम्चिएको छ ।

प्रतिशेयर आम्दानी २७ रुपैयाँ २५ पैसा तथा प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात ७.९८ गुणा कायम भएको छ ।

त्यस्तै बैंकको आधार ब्याजदर १२.३२ प्रतिशत र कोषको लागत ७.०७ प्रतिशत पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।