ग्रामीण विकास लघुवित्तको नाफा एक करोडले सुधारियाे, खराब कर्जाको जोखिम बढ्याे

Nov 16, 2018 Merolagani



ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा एक करोड १० लाख रुपैयाँले खुद नाफा बढाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले एक करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले जगेडा कोषमा ३३ करोड ७४ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा लघुवित्तले २ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ सापटी लिएर कूल ९ अर्ब ९ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी विस्तार गरेको छ ।

लघुवित्तले ३७ करोड ४७ लाख रुपैयाँ व्याज आम्दानी गरेर १८ करोड २ लाख रुपैयाँ व्याज खर्च गरेर १९ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात भने उच्च रहेको छ । प्रथम त्रैमासमा लघुवित्तको खराब कर्जा अनुपात ४.८२ प्रतिशत रहेको छ । गत वर्ष यसै अवधिमा उसको खराब कर्जा ४.६९ प्रतिशत रहेको थियो

यस्तै प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानीको अनुपात २९.१७ गुणा बढी छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।